कला

कांग्रेस पुननिर्माणमा रामचन्द्रको पुस्तक

काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो दल कांग्रेस र लोकतान्त्रिक समाजवाद पुर्नब्याख्या गर्दै पुस्तक लेखेका छ। ‘नेपाली कांग्रेस र समाजवाद पुनर्निर्माणको मार्गचित्र’ नाम पुस्तक बजारमा ल्याएका हुन् ।

राजधानीमा बिहीबार पुस्तक सार्वजनिक गर्दै पूर्वराष्ट्रपति रामवरण यादवले कांग्रेस नेतृत्वबाट कार्यकर्तालाई ‘दुश्मनलाई जस्तै व्यवहार हुने गरेको’ भन्दै चिन्ता व्यक्त गरे। ‘नेपाली कांग्रेसको समाजवादको परिभाषालाई परिभाषित गर्दै लेखिएकाको पुस्तकले पुनर्निमाणको मार्गचित्रलाई प्रस्तुत गरेको छ’, उनले भने, ‘तर कांग्रेस जनतामा पुग्न छाडेको छ। यो दुःखको कुरो हो ।’

नेपाली कांग्रेसका नेता प्रदीप गिरिले पुस्तकको समिक्षा गर्दै नेपाली लोकतान्त्रिक समाजवादले मात्रै मुलुकको भविष्य उज्जवल हुने बताए। डा. लोकराज बरालले पार्टीहरूले समाजवादको व्याख्या आफू अनुकुल गर्ने गरेको दाबी गरे ।
लेखक तथा कांग्रेस नेता पौडेलले पार्टीभित्र पुनर्निर्माण अभियान सुरु गर्न आफूले पुस्तक लेखेको बताए।

पुस्तकमा उनले कम्युनिष्ट र कांग्रेसले भन्ने गरेको समाजवादबीच फरक रहेको बताए। ‘पुस्तकमा कांग्रेस र कम्युनिष्टबीचको समाजवादको परिभाषा फरक भएको हुँदा त्यही अनुकुल अघि बढ्नुपर्नेमा विषयलाई केन्द्रित गरिएको छ,’ उनले भने। जनता प्रसारण तथा प्रकाशनले बजारमा ल्याएको पुस्तकको मूल्य एक सय ५० रुपैंया छ ।

 

प्रकाशित: २८ मंसिर २०७५ ०१:५० शुक्रबार

नेपाली_कांग्रेस रामचन्द्र_पौडेल लोकतान्त्रिक_समाजवाद