कला

मिस वर्ल्डको उपाधि मेक्सिकोकी सुन्दरीलाई

काठमाडौं– मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरी भेनेषा पोन्स डि लिओनले जितेकी छिन्। उनले टप ५ मा थाइल्याण्ड, बेलारुस, युगाण्डा र जमैकाका सुन्दरीलाई पछि पार्दै ६८ औं मिस वर्ल्डको ताज पहिरिएकी हुन्। 

चीनको सान्यामा आयोजित विशेष समारोहमा मिस वर्ल्ड २०१७ मानुषी चिल्लरले मेक्सीकोकी सुन्दरी भेनेषालाई ताज पहिराइन। त्यस्तै, फर्स्ट रनअप थाइल्याण्डकी सुन्दरी भइन। 

नेपालबाट शृंखला खतिवडाले प्रतिनिधित्व गरेपनि उनी टप १२ बाट बाहिरिइन। 

प्रकाशित: २२ मंसिर २०७५ १४:०० शनिबार

मिस_वर्ल्ड मेक्सिको ताज