कला

‘समर लभ’को ‘साया’

काठमाडौं – प्रेमदिवसको अवसर पारेर आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘समर लभ’को पहिलो गीत ‘साया’ सार्वजनिक भएको छ। गीतमा फिल्मका प्रमुख कलाकार आशिष पिया र रेवती क्षेत्री फिचर्ड छन्।

सुबिन भट्टराईको उपन्यास ‘समर लभ’मा आधारित फिल्मको गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर तथा पुष्पनकै शब्द र संगीत छ। गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन्। मुस्कान ढकालको निर्देशन रहेको फिल्ममा आशिष र रेवतीसँगै सुरजसिंह ठकुरी, सरोज खनाल, ओमप्रतिक, नम्रता सापकोटा, शिशिर भण्डारीको पनि अभिनय छ।

सुबिनको कथामा सामीप्यराज तिमल्सेनाको पटकथा तथा सामिप्य र सुबिनकै संवाद छ। नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता तथा विनोद अधिकारी कार्यकारी निर्माता छन्। फिल्ममा स्वपन सरकार र मनोज विक सह–निर्माता छन्।

प्रकाशित: १८ मंसिर २०७५ ०३:४९ मंगलबार

फिल्म समर_लभ