कला

पवित्रा ‘बतासे आईडल’

खोटाङ – खोटाङको बतासेमा आयोजित ‘बतासे आईडल सिजन–टु’को उपाधि पवित्रा राईले जितेकी छन्। दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित ग्रामिण सेवा समाजको आयोजनामा भएको गायन प्रतियोगीताको उपाधि पवित्राले जितेकी हुन्। मंगलबार सम्पन्न प्रतियोगितामा उनले २९ प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्।

बतासेभित्रका १७ वर्षमुनिका विद्यार्थीबीचमा गरिने प्रतियोगितामा ऐनिसा परियार ‘फस्ट रनर अप’, सुजनकुमार राई ‘सेकेण्ड रनर अप’ र सन्जा राई ‘थर्ड रनर अप’ भए। विजेताले क्रमशः ८ हजार, २ हजार, १ हजार ५ सय र १ हजारका साथमा ट्रफी, डिक्सनरी र प्रमाण–पत्र पाए। विजेतालाई गाउँपालिका प्रमुख भूपेन्द्र राईले पुरस्कार प्रदान गरेका थिए।

गाउँ–गाउँमा लुकेर रहेका गायन प्रतिभाको पहिचान, संवद्र्धन र विकास गर्ने उद्देश्यका मंसिर ५ गतेदेखि ‘बतासे आईडल सिजन टु’को अडिसन सुरु गरिएको थियो। प्रतियोगितामा गायक तथा संगीतकार तोरेम्पा हाङ, सुवास सर्जन र नृत्य निर्देशक सूर्यकिरण राई निर्णायक थिए।

प्रकाशित: १३ मंसिर २०७५ ०३:३६ बिहीबार

बतासे_आईडल_सिजन–टु