कला

बुटवलकाे कन्सर्टमा नेपथ्य प्रस्तुति

बुटवल- नेपथ्यले बुटवलमा सांगितिक प्रस्तुति दिएकाे छ। सोमबार राती मुख्य गायक अमृत गुरुङको नेतृत्वमा नेपथ्य ब्याण्डले बुटवलस्थित ‘एन्फा टेक्निकल इन्स्टिच्यूट स्टेडियम’मा करिब चार हजार दर्शकमाझ प्रस्तुति दिएकाे हाे। 

देशब्यापी यात्रामा निस्केको नेपथ्यले बुटवलमा तेस्राे प्रस्तुति दिने क्रममा ‘गाउँ गाउँबाट उठ’, ‘यानीमाया बटौलीको बजारैमा यानीमाया’, ‘लेकैको कुहिरो अउलै झर्योे, आहै सालैजो, लाग्यो कुहिरो दिनभरि’, ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘शिरफूल शिरैमा’, ‘चरि म-यो’, ‘जोमसोमे बजार’, ‘कोशीको पानी यो जिन्दगानी’, ‘रेशम’ र ‘तालको पानी’ र ‘रातो र चन्द्रसूर्य’ प्रस्तुत गरेकाे थियाे। 

कन्सर्टकाे आयोजना बुटवलस्थित ‘यस नेपाल’ले गरेको थियो। नेपथ्य टोलीले अर्काे प्रस्तुति मंसिर १३ गते धनगढीमा दिने टाेलीका प्रमुख गायक गुरूङले जानकारी दिए।

प्रकाशित: ११ मंसिर २०७५ १३:२५ मंगलबार

नेपथ्य कन्सर्ट बुटवल