कला

ह्ङकङमा स्वर्णिम साँझ

कठमाडौं – गायक  दीप श्रेष्ठले संगीत क्षेत्रमा लागेको  पचास वर्षको उपलक्ष्य पारी नेपाल क्लब, हङकङले ‘दीप श्रेष्ठ स्वर्णिम साँझ’ गर्ने भएको छ। दीप श्रेष्ठका कालजयी गीतहरूको प्रस्तुति रहने साँझ डिसेम्बर ३० तारिखका दिन हङकङको यामुताइ कम्युनिटी हलमा हुनेछ।

बुधबार हङकङ स्थित हङकङनेपाली महासंघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल कल्ब, हङकङकी  अध्यक्ष  रिता गुरुङले भव्य  रुपमा  आयोजना हुने कार्यकर्ममा बरिष्ठ गायक दीप श्रेष्ठ आफ्नो सांगीतिक समूहसहित आफ्ना नयाँ तथा पुराना गीतहरू प्रस्तुत गर्ने जानकारी गराइन्।  

पूर्वी नेपालको धरानका स्थायी बासिन्दा दीप श्रेष्ठले १४ बर्षको उमेरदेखि नै पूर्वमा हुने विभिन्न सांस्कृतिक  तथा सांगीतिक कार्यकर्ममा भाग लिइरहन्थे   । यसै क्रममा २०२५ साल पुस महिनामा  सांस्कृतिक कार्यक्रम लिएर धरानबाट काठमाडौँ आएका दीप श्रेष्ठले राष्ट्रिय नाचघरमा तत्कालिन राजा महेन्द्रका सामु गीत गाउने अवसर पाएका थिए । उनको गायन कलाबाट मोहित राजा महेन्द्रले तत्कालै आफूले मन लागेजति  गीत रेडियो नेपालमा रेकर्ड गर्ने व्यवस्था गरिदिए । त्यो समयमा  रेडियो नेपालमा पालो कुर्नु पर्ने समयमा उनले ‘पत्थरको देउता होइन’ लगायत ६ वटा गीत रेकर्ड गराए जुन निकै लोकप्रिय भए।

त्यसयता एकसेएक लोकप्रिय गीत गाउँदै आएका  श्रेष्ठको यही वर्षको पुसदेखि नेपाली संगीत यात्राले ५० वर्ष छोएको छ।  उनका मत दूरदेखि , विधुवाको सिउँदो , हर रात सपनीमा , मेरो आँखामा , बितेका कुराले , कति कमजोर रहेछ भाग्य ,  झिरमा उनिनु , भन्थिन् मेरी उनी , साइँलीबारी चिया बारीमा ,हुँ यात्री म एउटा लगायतका थुप्रै कालजयी गीतमा उनको स्वर/संगीत रहेको छ।

गायक श्रेष्ठलाइ युगल गीतहरुमा साथ दिन उनकी गायिका छोरी दृस्टी श्रेष्ठ र उद्घोषणमा मिस पुर्वान्चल २०१६ र मिस ग्रान्ड इन्टरनेसनल  नेपाल को फर्स्ट रनर बिजेता तथा धरानको विजयपुर  एफ एम कि आरजे इक्सा मादेन सहभागी हुनेछिन।

गायक दीप श्रेष्ठको सांगीतिक क्षेत्रमा योगदान दिएको ५० औं बर्षगाठ लाइ आयोजक नेपाल  कल्ब ,हंगकंगको बार्षिकोत्सवको अवसरमा आयोजना गर्न पाउँदा गौरावावान्तित महसुस गरेको बताउनुहुदै  अध्यक्ष  रिता गुरुङले कार्यक्रम हंगकंगबासी नेपाली संगीतप्रेमीहरु माझ बिशेष र स्मरणीय  हुने बताउनुभयो।

प्रकाशित: ४ मंसिर २०७५ ०३:०० मंगलबार

ह्ङकङ स्वर्णिम_साँझ दीप_श्रेष्ठ