कला

भोटेकोशीमा सेलिब्रेटीको बन्जी

बन्जी जम्प गर्ने तयारीमा नायिका मरिष्का पोखरेल ।

भोटेकोशी (सिन्धुपाल्चाेक)– साहसिक पर्यटनको गन्तव्य मानिने सिन्धुपाल्चोकको भोटेकोशीमा कलाकारले बन्जीमा जम्प गरेका छन्। आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘द लास्ट रिसोर्ट’ले कलाकारहरु पूजा शर्मा, आकाश श्रेष्ठ, नरेन खड्का, मरिष्का पोखरेल, सागर आले तथा सन्ध्या जोशीसहित मोडल सुप्रिया कटवाल, पहिलो हिमालयन रोडीजका समन श्रेष्ठ, ब्लगर किची बज्रचार्य र भिजे अमृता खनाल गरी १० जनालाई बन्जी, क्यानोनिङ्गजस्ता साहसिक खेल गराएको हो। 

कलाकारहरुले बन्जी, क्यानोनिङ्ग, ज्याकब्स ल्याडर लगायतका साहसिक खेलहरु खेलेको निर्माता बिष्णुकान्त घिमिरेले बताए। उनका अनुसार कलाकारको साहसिक प्रदर्शनलाई  ‘द लास्ट रिसोर्ट’ले ‘सेलिब्रेटी टुर’ नाम दिएर भिडियोमा समेत उतारेको छ। 

प्रकाशित: २ मंसिर २०७५ १०:०३ आइतबार

साहसिक_पर्यटन भोटेकोशी कलाकार