कला

‘बिना बर्दीका पुलिस’ लोकार्पण

काठमाडौ – नागरिक प्रहरीको भूमिका समेटिएको जनचेतनामूलक गीत ‘बिना बर्दीका पुलिस’ लोकार्पण भएको छ। राजधानको नेपाल पुलिस क्लबमा शनिबार आयोजित कार्यक्रममा संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीले गीतको लोकार्पण गरेका हुन्।

शताब्दी पुरुष जोशीले देशमा शान्ति सुरक्षा कायम गर्न र नागरिक सुरक्षाको प्रहरीको हौसला बढाउन आवश्यक रहेको बताए । उनले नागरिकसँग सहकार्य गर्नको लागि गीतले सहयोग गर्ने बताए । उनले आफुले राष्ट्रगान छनौट गर्दा परिवर्तनको माग र सबै क्षेत्र, जाति, भाषीलाई समेट्ने गीत छानेको खुलाए।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकको अपेक्षा अनुसार सेवामा समर्पित रहने उत्प्रेरणा गीत र गीतका सर्जकहरूले दिएको बताए । पत्रकार रमेशचन्द्र अधिकारीले लेखेको गीतमा भूपेन्द्र रायमाझीको संगीत र विजयनारायण मानन्धरको स्वर रहेको छ । कार्यक्रममा गायक मानन्धरले गीत गाएका थिए।

प्रकाशित: २ मंसिर २०७५ ०४:०१ आइतबार

बिना_बर्दीका_पुलिस गीत