कला

एकसाथ तीन प्रतियोगिता

काठमाडाैं – सौन्दर्य प्रतियोगिता ‘मिष्टर नेपाल’को आयोजक एक्सपोज नेपालले एकसाथ ‘मिस राजधानी २०१८’, ‘मिष्टर राजधानी २०१८’ र ‘मिसेस राजधानी २०१८’ आयोजना गर्ने भएको छ।

आयोजकले मंगलबार विज्ञप्तिमार्फत तीनै प्रतियोगिताको लागि आवेदन खुल्ला गरेको जनाएको छ । आयोजकका अनुसार ‘मिस राजधानी २०१८’मा १५ देखि १९ वर्षसम्म उमेरका युवती, ‘मिस्टर राजधानीमा २०१८’ १५ वर्षदेखि १९ वर्षसम्म उमेरका युवा र ‘मिसेस राजधानीमा २०१८ ’ २१ वर्षदेखि ४५ वर्ष ननाघेका विवाहित महिलाले सहभागिता जनाउन सक्नेछन्।

एक्सपोज नेपालकी प्रबन्ध निर्देशक अर्चना थापाले युवायुवतीका साथै विवाहित महिलाहरूको प्रतिभा निखार्दै जिम्मेवार नागरिक बन्न प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइन्।

प्रतियोगितामा शिर्षसहित दर्जन बढि विधामा पुरस्कृत गरिने छ । विजेताले फिल्म, म्युजिक भिडियोमा अभिनय अवसरका साथै विभिन्न पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: २ मंसिर २०७५ ०४:०० आइतबार

मिष्टर_नेपाल एक्सपोज_नेपाल