कला

‘गङ्गनम स्टाइल’का गायक नेपाल आउने

काठमाडौं– ‘गङ्गनम स्टाइल’ गीतका गायक पीएसवाई नेपाल आउने भएका छन्। 

नेपाल र कोरियाको कुटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पुगेको अवसरमा कोरियाली राजदूतावासले आयोजना गर्न लागेको कार्यक्रममा प्रस्तुति दिन  पीएसवाई कोरियन व्याण्डसँगै नेपाल आउन लागेका हुन्। 

विश्वचर्चित कोरियन गायक, -यापर तथा गीतकार पिएसवाईले ‘पिएसवाई एण्ड के–पप इन काठमाडौं’ कार्यक्रममा प्रस्तुति दिने आयोजक जनक गौतमले जानकारी दिएका छन्। 

उनका अनुसार कार्यक्रम डिसेम्बर १५ मा खुमलटारमा हुनेछ। नेपालको तर्फबाट गायक दीपक बज्राचार्यले प्रस्तुति दिनेछन्।

प्रकाशित: २८ कार्तिक २०७५ १३:३७ बुधबार

‘गङ्गनम_स्टाइल’ पीएसवाई नेपाल