कला

सोनमलाई कंगनाको काउन्टर

मुम्बई – फिल्म ‘मणिकर्णिका’मा रानी लक्ष्मीबाईको भूमिका निभाइरहेकी बलिउड नायिका कसै न कसैसँगको झगडाका कारण चर्चामा आइरहन्छिन्।

गएदिन ‘मणिकर्णिका’ का कलाकार सोनु सुद र त्योभन्दा अघि निर्देशकसँग नै झगडा गरिरहेकी कंगना यतिबेला समकालीन अभिनेत्री सोनम कपुरसँग भिडेकी छिन्।

हालै मात्र फिल्म निर्माता विकास बहलमाथि ‘फेन्टम फिल्मस्’का एक महिला सदस्यले शारीरिक शोषणको आरोप लगाएकी थिइन् । कंगनाले ती महिलाको पक्ष लिँदै विकासले आफूमाथि पनि त्यस्तै व्यवहार गरेकाले ती महिलाको आरोपमा सत्य हुन सक्ने दाबी गरेकी थिइन्।

एकातिर तनुश्री दत्ताले नानापाटेकरमाथि दुव्यर्वहार गरेको घटनाले बलिउड तातेको छ , अर्कोतिर कंगना। पत्रकारले हिरोइनलाई भेटेपछि यो विषयमा प्रश्न नसोध्ने कुरै भएन । एउटा इभेन्टमा सोनमलाई भेटेपछि पत्रकारले तनुश्री र कंगनाको बारेमा सोधी हाले । सोनमलाई कंगनाले घटनालाई दुःखद भन्दाभन्दै पनि कंगनाको कुरामा भने विश्वास गरिहाल्न नसक्ने टिप्पणी गरिन् । ‘हरेक पटक कंगनामाथि भरोसा गर्नु सही कुरा होइन्,’उनले कुराकानीमा फ्याट्टै भनिदिइन्।

फेरि त के थियो सधैं लड्नलाई सिङ तिखारेर बस्ने कंगनालाई अरु के चाहियो, कंगना सोनमका विरुद्ध खनिइन् । ‘सोनमले मलाई जज गर्ने अधिकार कसले दियो । सोनमसँग कुन महिलासँग भरोसा गर्नुपर्ने र कोसँग गर्नु नपर्ने भन्ने लाइसेन्स छ ? ,’कंगनाले भनेकी छन्,‘म आफ्नो बुबाका कारण कहिल्यै चिनिइन । मैले मेहनत गरेर आफ्नो नाम राखेको हुँ । सोनम न त उत्कृष्ट अभिनेत्रीका रुपमा देखिन्छिन् न त राम्रो वक्ताको रुपमा नै । यी फिल्मकर्मीलाई मेरो मजाक उडाउने अधिकार कसले दिएको छ?’

कंगनाको विज्ञप्ति पछि सोनमको जवाफ कस्तो आउँछ भन्ने प्रतिक्षाको विषय बनेको छ।

प्रकाशित: २३ आश्विन २०७५ ०४:४९ मंगलबार

फिल्म मणिकर्णिका