काठमाडाैं - काठमाडाैं प्रदर्शनीमार्ग स्थित रत्न राज्यलक्ष्मी क्याम्पसको स्वतन्त्र विध्यार्थी युनियनले आइतबार आफ्नो मुखपत्र ‘विचार’ पुस्तक विमोचन गरेको छ। स्वतन्त्र विध्यार्थी युनियन आरआरले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीले पुस्तकको विमोचन गरीन्। पुस्तकमा नेकपाका शिर्ष नेताहरु, विभिन्न प्रोफेसरहरु, आरआरमा अध्ययनरत विद्यार्थीहरुका लेख तथा रचनालाई समेटिएको छ।
त्यस्तै कार्यक्रममा असोज २४ गते घटस्थापनादेखि प्रदर्शनमा अाउने चलचित्र छक्का पञ्जा ३ को प्रचारमा रहेका कलाकार दिपकराज गिरीले मनोरन्जनात्मक प्रस्तुती दिएका थिए।
प्रकाशित: २१ आश्विन २०७५ ०८:१३ आइतबार