कला

बाल गीति एल्बम ‘थुलुङ’ लोकार्पण

खोटाङ – थुलुङ राई भाषाको पहिलो बाल गीति एल्बम थुलुङ लोकार्पण गरिएको छ। थुलुङ राई भाषाको पाठ्याक्रम एबं पाठ्यापुस्तक तयार पारेर पठन–पाठन सुरु गरिएको केही समय पछि आवश्यक बाल गीति एल्बम तयार पारेर लोकार्पण गरिएको हो। थुलुङभाषीको बाहुल्यता रहेको खोटाङ, सोलुखुम्बु र ओखलढुंगाका विद्यालयमा स्थानीय भाषाकारुपमा थुलुङ भाषामा पठन–पाठन सुरु गरिएको झण्डै ६ महिनापछि शनिबार काठमाण्डौंको कोटेश्वरस्थित किरात राई यायोक्खाको सुम्निमा हलमा उद्योगपति तेज राई, किरात राई यायोक्खाका उपमहासचिव जनक राई लगायतले बाल गीति एल्बम थुलुङ लोकार्पण गरेका हुन्।

थुलुङ राई भाषा पाठ्याक्रम बिकास समितिले तयार पारेको भिडियो सहितको बाल गीति एल्बममा ‘सिप्सिप येस्ता, बेबकाम सेम ने बुबुया, कोले नले सुले, निप्सुङमाउ पिरुङमाउ, याक्ले–याक्चे फुच्यु र देवमाता ङोप्च्यो’ बोलको गीत समेटिएको छ । जय राई, चम्पा राई, खुक्सङ खम्बू, मिश्रा राई, जसिहब राई र देब समिप थुलुङको शव्द समेटिएको एल्बममा निलम रोजू राई, पदम थुलुङ राई, मन थुलुङ राई र जनम थुलुङको संगीत रहेको छ। एल्बममा १७ बालबालिकाको संयुक्त स्वर सुन्न सकिन्छ। थुलुङ भाषाको पाठ्या पुस्तकमा समाबेश बाल गीतलाई रेकर्डिङ र छायांकन गरेर बिद्यालयको कक्षामा पु-याउनका लागि एल्बम तयार पारिएको थुलुङ राई भाषा पाठ्याक्रम बिकास केन्द्रका सदस्य पदम थुलुङले बताए।

बाल गीतको भिडियोमा बीरबहादुर राई र रोशन राईले निर्देशन गरेका छन्। पाठ्याक्रम बिकास केन्द्रले उद्योगी, समाजसेबी लगायतबाट संकलन भएको करिब ५ लाखको खर्चमा बाल गीति एल्बम तयार पारिएको जनाएको छ। कार्यक्रममा शैक्षिक सत्र २०७५/०७६ मा खोटाङ, सोलुखुम्बु र ओखलढुंगाका २७ विद्यालयमा थुलुङ राई भाषामा पठन–पाठन सुरु गरिएको छ।

प्रकाशित: २१ आश्विन २०७५ ०३:५४ आइतबार

थुलुङ_राई गीति_एल्बम