कला

‘अनुराग’ हेर्न मन्त्रीहरू हलमा

कांग्रेस नेता चन्द्र भण्डारी 'अनुराग'काे कलाकार तथा निर्माताका साथ। तस्बिर : नागरिक

काठमाडौं - पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्म ‘अनुराग’ हेर्न शनिबार नेपाल सरकारका मन्त्री कुमारी हलमा पुगेका छन्। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म हेर्न कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी फिल्म हेर्न कुमारी हल पुगेका हुन्। 

पत्रकारले फिल्म बनाउनु खुशीको खबर भएको बताउँदै मन्त्रीद्धयले आफूहरू धमलाले बोलाएर र त्यसमा पनि धमलाकी पत्नीको मुख्य भूमिका रहेको थाहा पाएर हेर्न आएको बताए।

मन्त्री खनालले चलचित्रले युवा पुस्ताको मन जित्ने बताए। उनले चलचित्रमा समावेश गीतहरू अत्यन्तै मीठो रहेको पनि प्रतिक्रिया दिए। 

धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमति एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ। एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन्।

निर्देशक सत्यराज चौलागाईको  पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत आदिको अभिनय रहेको छ। सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन्।

 

प्रकाशित: १४ आश्विन २०७५ ०३:०६ आइतबार

फिल्म अनुराग ऋषि_धमला