कला

‘दि भ्वाइस अफ नेपाल’ मा ४८ प्रतिस्पर्धी

काठमाडौं – सर्वोत्कृष्ट गायकको खोजी गर्ने उद्देश्यसहित सुरु भएको ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ बाट ४८ प्रतिस्पर्धी अर्को चरणका लागि छनोट भएका छन्।

ब्लाइन्ड अडिसन राउन्डमा नेपालभरका विभिन्न स्थानबाट आएका प्रतिभाहरूले आफ्नो प्रस्तुतिका साथ निर्णायकहरू दीप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेललाई आकर्षित गर्ने प्रयास गरेका थिए। सयौं प्रतियोगीमध्येबाट दोस्रो चरणमा छानिएका प्रतियोगी मात्र जान सफल भएका छन्।

चार निर्णायकहरुले आफ्नो टिममा भित्र्याउन प्रतियोगीलाई निकै प्रयास गरेका थिए तर त्यसमा मुख्य आधार भने उनीहरूको गायन कला र प्रतिभा नै थियो । चारै निर्णायकले आफ्नो टिममा १२ जना प्रतियोगी छनौट गर्न सफल भएका छन्।

पहिलो चरणको ब्लाइन्ड अडिसन राउन्डको समाप्तिसँगै अब ब्याटल राउन्ड सुरु हुनेछ । सो ब्याटल राउन्डमा प्रतियोगीहरूले एक आपसमा आमनेसामने भएर एक अर्कासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । जसलाई चारै  निर्णायक तथा कोचहरूले प्रतिस्पर्धीलाई तयार पार्नेछन्।

ब्याटल राउन्ड निकै प्रतिस्पर्धी र रोमान्चक हुने अपेक्षा गरिएको छ जहाँ प्रतिस्पर्धीहरू आपसमा गायनमार्फत भिडन्त गर्नेछन् । नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भइरहेको कार्यक्रमले नेपाली गीत संगीतको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १२ आश्विन २०७५ ०५:३० शुक्रबार

सर्वोत्कृष्ट_गायक दि_भ्वाइस_अफ_नेपाल