कला

पुसमा ‘बादशाह जुट’

काठमाडौं – सुटिङ सुरु भएको झण्डै पाँच महिना पछि फिल्म ‘बादशाह जुट’को इन्डक्ल्याप गरिएको छ। ललितपुरको श्रीकाली चौरमा फिल्मको एक गीतको छायांकनसँगै वैशाख १० गतेबाट सुटिङ सुरु भएको फिल्मको इन्डक्ल्याप गरिएको हो।

जोनी सिंह राणाको निर्देशन रहेको फिल्ममा भोजराज श्रेष्ठको लगानी छ । निर्देशक राणाका अनुसार फिल्मले राजा ठान्ने दुई पात्रको कथालाई पर्दामा प्रस्तुत गर्नेछ । दुई राजाको रुपमा आमिर गौतम र सुशील श्रेष्ठले अभिनय गरेका छन् । गीतको सुटिङ सकिएसँगै फिल्मलृ प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । फिल्म पुस १३ गते रिलिज हुनेछ।

फिल्ममा सुशिल श्रेष्ठ, आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावतलगायतको अभिनय छ । नायिका प्रियंका कार्कीको फिल्ममा विशेष भूमिका छ।

एचएण्डबी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा राजकुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, विक्रम स्वारको कोरियोग्राफी, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दीर्घ खड्काको सम्पादन रहेको छ।

प्रकाशित: १० आश्विन २०७५ ०५:३० बुधबार

बादशाह_जुट गीत