कला

‘ए कालु’ मा गायकसँग प्रियंकाको रोमान्स

काठमाडौं– नायिका प्रियंका कार्की र गायक सरोज ओली अभिनित ‘ए कालु’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। 

‘तिमीलाई देखेपछि आई लभ यु’, ‘जता जता पिरतीको बाटो’, ‘माछीले खाने खोलीको लेऊ’, ‘पानी कुवाको’ जस्ता सफल गीतका गायक ओलीले ‘ए कालु’को म्युजिक भिडियोमा प्रियंकासँग रोमान्स गर्दै अभिनयमा डेब्यु गरेका हुन्।

मेलिना राईको आवाजमा स्वबद्ध गीतको म्युजिक भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका छन्। चन्द्र घिमिरेले लेखेको शब्दमा बसन्त सापकोटाले संगीत दिएका छन्। सुदीप बरालले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्। 

 

 

प्रकाशित: ५ आश्विन २०७५ ०९:३८ शुक्रबार

प्रियंका_कार्की म्युजिक_भिडियो सरोज_ओली