कला

खतिवडाले ल्याए 'ढुकढुकी'

काठमाडौं- गीतकार नारायण खतिवडाले ‘ढुकढुकी गीति संग्रह बजारमा ल्याएका छन्। निजामति सेवासँगै लामो समयदेखी संगीत क्षेत्रमा सक्रिय रहँदै आएका खतिवडाले शनिवार बालदिवसको अवसरमा बाबु आमा नभएका बालबालिकाको हातबाट आफ्नो एल्वम विमोचन गराए।

खतिवडाको ढुकढुकी एल्वममा ७ वटा गितहरु समावेश गरिएको छ। गीतमा दीपनारायण झा, ईश्वर अमात्य , कुन्ती मोक्तान, मेलिना राई, सहिमा श्रेष्ठ, शुभराज लगायतको स्वर रहेको छ भने आलोक श्री, शिलाबहादुर मोक्तान, महेश खड्का, दीपक शर्मा, ईश्वर अमात्य र धनबहादुर खडकाको संगीत रहेको छ। गीतको म्युजिक एल्वममा राष्ट्रिय, आधुनिक र समसामयिक गीतहरु समावेश गरिएको खतिवडाले बताए। खतिवडा हाल उपसचिवका रुपमा राष्ट्रिय योजना आयोगमा कार्यरत छन्।

प्रकाशित: २ आश्विन २०७५ ११:४९ मंगलबार

गीत एल्वम