कला

अभिनेता गोविन्दा काठमाडौंमा

काठमाडौं– बलिउड अभिनेता गोविन्दा काठमाडौं आइपुगेका छन्। आइतवार राजधानीमा हुने ‘एलजी फिल्म अवार्ड २०७५’ मा सहभागी हुनका लागि उनी छोरीसहित शनिवार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। 

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गोविन्दाले नेपाल साहस र प्रेमको धर्ती भएको बताए। आफ्नो तीन दिने नेपाल बसाईका क्रममा पशुपतिनाथ मन्दिर दर्शन गर्ने र चन्द्रागिरी केबलकार पुग्ने उनले सुनाए। आफू नेपाली फिल्ममा अभिनय गर्न इच्छुक रहेको उनको भनाई थियो। उनले अवार्ड वितरण समारोहमा आफ्नो प्रस्तुति समेत दिनेछन्। 

आयोजकका अनुसार गोविन्दाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गर्ने कार्यक्रम छ।

प्रकाशित: ३० भाद्र २०७५ ०८:०२ शनिबार

अभिनेता_गोविन्दा ‘एलजी_फिल्म_अवार्ड_२०७५’ नेपाल_भ्रमण