कला

अमरको ‘अमर भावना’

काठमाडौँ – गीतकार अमर बान्तुको पहिलो गीति एल्बम ‘अमर भावना’ बजारमा आएको छ। एल्बममा ‘जिन्दगीको दौडमा’, ‘फूलजस्तै’, ‘फक्रँदै रहरहरू’, ‘युगौँ भयो’, ‘हिँड्नु पर्ने’, ‘जन्मने रहर’, ‘आमा’, ‘ओठमा आई’, ‘दिल्पा दाँवा’, ‘यति धेरै’, ‘भोजपुरैको बजारमा’लगायत गरी ११ गीतहरू समाविष्ट छन्।

एल्बममा राजु सिंह, न्यु बज्राचार्य, शान्तिराम राई, राज सागर, पारस मुकारुङ र मनोज थापाको सुमधुर संगीत रहेको छ । एल्बममा गायक–गायिकाहरू स्वरूपराज आचार्य, उदय सोताङ, राजेशपायल राई, अन्जु पन्त, एड्रिन प्रधान, आनी छोइङ डोल्मा, राज सागर, भीषण मुकारुङ र बानिका प्रधानको स्वर छ।

भोजपुरको अन्नपूर्ण–दिल्पामा जन्मिएका अमर लामो समयदेखि काठमाडौंमा नै बसेर कविता तथा गीत साधनामा सक्रिय छन्।

प्रकाशित: २८ भाद्र २०७५ ०५:५८ बिहीबार

अमर_बान्तु गीति_एल्बम