कला

ट्रेन्डिङमा तिज

काठमाडौं– हरितालिका तीजलाई मध्यनजर गर्दै यस वर्षपनि थुप्रै गीतहरु सांगितिक बजारमा आए। तिमध्ये केही चर्चित भए भने केही चलेनन्। यसपटकको तीजमा ‘खिस्स हाँस्ने छोरो’ बोलको गीत ट्रेन्डिङमा आयो। यो गीतलाई २९ लाख भन्दा बढी पटक हेरिएको छ। तिज कलाकार लागि एउटा मेला नै हो। यो अवसरमा धेरैले रहर र सोखले पनि गीत निकाल्नछन्। पछिल्लो समय तिज गीतमा विकृति पनि देखिन थालेको छ। हामीले यहाँ यस वर्ष ट्रेन्डिङमा परेका गीतबारे उल्लेख गरेका छौं:

१. खिस्स हाँस्ने छोरो (२३ लाख ८२ हजार)
स्वरट: रोशन गैरे र आशा केसी
संगीत–शब्द: रोशन गैरे

२. यही माया हो  (१९ लाख ७२ हजार)
स्वर: पशुपति शर्मा र सम्झना भण्डारी
संगीत र शब्द: पशुपति शर्मा

३. उल्टो सुनेर (११ लाख १४ हजार)
स्वर: खुमन अधिकारी र विष्णु क्षेत्री
शब्द: जे के अधिकारी
लय: खुमन अधिकारी

४. नौरङ्गी सपना (१० लाख ४१ हजार)
स्वरः प्रकाश सपुत, मञ्जु विक र कागल गुरुङ
शब्द–संगीत: प्रकाश सपुत

५. महारानी  (९ लाख ८ हजार)
शब्दः शीतल शर्मा, शिव हमाल र कला लम्साल
शब्द–संगीत: शिव हमाल

६. किन आउने हाम्रा मामा (८ लाख ६९ हजार)
स्वर: पशुपति शर्मा र पूर्णकला बिसी
लय–शब्द: पशुपति शर्मा

७. दिदी भाइ (७ लाख ३१ हजार)
स्वर: खुमन अधिकारी र स्मृति तिमल्सिना
शब्द: विष्णु न्यौपाने
संगीत: खुमन अधिकारी

८.कोरियन साडी (७ लाख १८ हजार)
स्वर: खुमन अधिकारी र इन्द्र गैरे
संगीत शब्द: शरद पाण्डे शुक्रवार साप्ताहिकबाट

प्रकाशित: २७ भाद्र २०७५ १०:४५ बुधबार

तिज_गीत ट्रेन्डिङ