काठमाडौं – अन्तर्राष्ट्रिय कलाकारहरू डिप्लो र मोसँग सहकार्य गर्दै नेपाली -यापर लाहुरे र गायक बिपुल क्षेत्रीले गाएको ‘टुबोर्ग ओपन’ म्युजिक भिडियो सार्वजनिक भएको छ । अमेरिकी निर्माता तथा डिजे डिप्लो र डेनमार्कका कलाकार मोको सहकार्यमा निर्माण भएको ‘स्टे ओपन’ ट्रयाकको नेपाली संस्करणलाई लाहुरे र बिपुलले ‘ओपन टु मोर’को औचित्यलाई वर्णन गरेर गीतमा शब्दहरू पुनर्लेखन गरेपछि टुबोर्गले म्युजिक भिडियो सार्वजनिक गरेको हो।
टुबोर्गका अनुसार ‘स्टे ओपन’ ट्रयाक र भिडियोले विश्वव्यापी टुबोर्ग ओपन प्लेट्फर्मसँग विश्व चर्चित र स्थानीय कलाकारहरूलाई मिलाइ उनीहरूको सिर्जना प्रस्तुत गरेको छ । टुबोर्गको यो परियोजना गत मार्चमा सुरु भएको थियो । बिपुल र लाउरे कोपेनहेगन गई डेनिस कलाकार मोसँग भेटेर संगीत बनाउने सोच एक अर्कासँग बाँढेपछि ‘स्टे ओपन’ गीतको नेपाली संस्करण तयार पारेका थिए।
डिप्लोले टुबोर्ग ओपनको दोस्रो वर्षमा पनि सहभागी हुन पाउँदा उत्साहित रहेको बताए । ‘यस वर्ष टुबोर्ग हामीमाझ ‘ओपन टु मोर’ विचारको साथ आएको छ र मो र म ‘स्टे ओपन’ ट्र-याकमा काम गरिरहेका थियाैं । यो ट्र-याक मानिसहरूमा नयाँ व्यक्ति र नयाँ अनुभवहरुका लागि खुल्ला हुनुपर्ने सोचको बारेमा रहेको छ,’ डिप्लोले भनेका छन्,‘यो ट्र-याक अभियानलाई सुहाँउदो छ । विश्वभरका कलाकारहरू यो विचारलाई आफ्नो तरिकाबाट प्रस्तुत गर्न सक्षम छन् । यो योजनाको सबैभन्दा उत्कृष्ट पक्ष हो।’
नेपाली -यापर लाउरेले टुबोर्गले सधैं नेपालमा सांगीतिक कार्यक्रमहरू गरिरहेको र उनीहरूसँग केही स्थानीय कार्यक्रममा पनि सहकार्य गरेको स्मरण गरे । ‘यस पटक टुबोर्ग ओपनले विश्वभरको सांगीतकारहरूलाई अन्तर्राष्ट्रि-य मञ्चमा ल्याएको छ । टुबोर्ग ओपनमा डिप्लो, मो र बिपुलसँग काम गर्न पाउँदा उत्साहित छु । यस अभियानबाट, बिपुल र म ओपन फर मोरका लागि टुबोर्ग इन्टरनेसनलसँग केही नयाँ रचना गर्दैछौं,’उनले भने।
गायक बिपुलले आफ्ना लागि संगीत भनेको खुल्ला सोच बनाउनु रहेको बताए । ‘संगीतबिना हामी कला सिर्जना गर्न सक्दैंनौ । मेरो लागि टुबोर्ग ओपन कोलाब्रेसन, सिर्जनात्मक कलालाई संगीतको माध्यमबाट बढाउनु हो,’उनले भने,‘मैले पहिलो पटक अरु कलाकारसँग मिली म्युजिक भिडियोको लागि काम गरेको छु । भिडियो बनाउँदा लाग्ने मेहेनत देखेर अचम्भित छु।’
गोर्खा ब्रुअरीका मार्केटिङ निर्देशक वैभव शर्माले डिप्लोे र मोलाई नेपाली कलाकार लाहुरे र बिपुल क्षेत्रीसँगै प्रस्तुत गर्न पाउँदा उत्साहित भएको बताए । यो विश्वव्यापी ट्र-याक सन् २०१८ को मे ११ मा प्रदर्शनी भएको थियो भने यसको लगत्तै जुनबाट लिरिक्स भिडियो पनि प्रदर्शनी भएको थियो । वर्षको अन्त्यमा डिप्लो र मो तथा स्थानीय कलाकारहरूका साथ लाइभ सांगीतिक कार्यक्रम गरी अभियान समापन गरिने शर्माले जनाएका छन्।
प्रकाशित: २५ भाद्र २०७५ ०७:२२ सोमबार