चितवन – खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले वि.सं. २०७४ सालको ‘पद्मश्री साहित्य पुरस्कार’ साहित्यकार नयनराज पाण्डेको यारलाई दिने घोषणा गरेको छ। प्रतिष्ठानले पाण्डेको संस्मरणात्मक कृति ‘यार’लाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।
त्यसैगरी पद्मश्री साधना सम्मान साहित्य साधक वरिष्ठ साहित्यकार डा. तारानाथ शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ।
‘पद्यमश्री साहित्य पुरस्कार’ वर्षभरि प्रकाशित साहित्यिक कृतिमध्ये उत्कृष्ठ एक साहित्यिक कृतिलाई र ‘पद्यमश्री साधना सम्मान’ नेपाली साहित्य, कला, संस्कृति आदि क्षेत्रमा दीर्घ साधना गरी विशिष्ट योग्दान दिने व्यक्तिलाई प्रदान गर्दै आएको छ।
प्रकाशित: २५ भाद्र २०७५ ०२:४५ सोमबार