कला

समृद्धिको ‘माथि माथि हिउँचुली’

काठमाडौं– चितवनकी ११ बर्षीया बालिका समृद्धि तिमल्सिनाको पहिलो गीत ‘माथि माथि हिउँचुली’ युट्युबमार्फत् सार्वजनिक गरिएको छ। 

धादिङका गीतकार रमेश अधिकारीले रचना गरेको गीतमा चक्रपाणी तिमल्सिनाले संगीत भरेका छन्। समृद्धि संगीतकार चक्रपाणी छोरी हुन्।

सानैदेखि गीत गाउनमा रुची राख्ने समृद्धिले विद्यालय स्तरमा हुने गायन प्रतियोगितामा अग्र स्थानमा रहने गरेको उनकी आमा बबिता खनाल बताउँछिन्। 

राष्ट्र प्रेमको भाव बोकेको गीतको संगीत संयोजन राजु खड्काले गरेका छन् भने डिजिटल काठमाडौंमा रेकर्ड गरिएको हो। 
कक्षा ५ मा अध्यनरत समृद्धिको गीतलाई दर्शकले मन पराउने बुवा चक्रपाणीको विश्वास छ।

भिडियोः

 

प्रकाशित: ११ भाद्र २०७५ १५:०२ सोमबार

गीत समृद्धि_तिमल्सिना युट्युब