कला

नेपथ्य फेरि लण्डनमा

काठमाडौं– नेपथ्यले तेस्रोपटक बेलायतमा प्रस्तुती दिने भएको छ। पाँच वर्षअघि विम्बले एरेना, तीन वर्षअघि लण्डनको ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुती दिएको नेपथ्यले यसपटक पनि सेप्टेम्बर १ मा ओ टु एकेडेमीमै प्रस्तुती दिन लागेको हो।

‘सन् २०१५ मा दोश्रोपटक नेपथ्यले आफूलाई प्रस्तुत गर्दा सबै हिसाबले ब्याण्डका निम्ति त्यसलाई अनुकूल देखिएकोले फेरि त्यसै स्थललाई रोजेका हौं’,’ ब्याण्डलाई प्रवर्द्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले बताए।

ओ टु एकेडेमीमा  प्रस्तुतीबारे नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङ भन्छन्, ‘हामीले घरबाट टाढा पुगेकाहरुलाई घरको माया बोकेर लगिदिने गरेका छौं, बेलायतको मञ्चमा उभिँदा मलाई जहिले पनि त्यहाँको आत्मीयताले प्रभाव पारिरहेको हुन्छ।’

‘हामी नेपथ्यको नयाँ एल्बमको काममा अहिले पनि तल्लीन छौं,’ अमृतले थपे, ‘लण्डनमा नेपथ्यका सर्वकालीक हिट गीतहरुका साथमा केहि नयाँ गीतहरु पनि पक्कै सुनाउने छौं।’ बेलायतको शोलाई यसपटक ‘देब्रे इभेन्ट्स्’ का चन्द्र गुरुङले आयोजना गर्न लागेका हुन्।

लण्डनमा अमृतलाई उनका साथीहरु ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन्।

प्रकाशित: ४ भाद्र २०७५ १३:१८ सोमबार

नेपथ्य लण्डन प्रस्तुती