कला

फेसन नाइटका लागि १४ मोडल

काठमाडौं – आउँदो भदौ २३ मा आयोजना हुन लागेको ‘इबिजा फेसन नाइट’का लागि १४ मोडल छनोट भएका छन् ।ठमेलको इबिजा लाउन्जमा हुने फेसन सोमा १४ महिला मोडलसँगै ४ पुरुष मोडलले र्याम्प नाप्नेछन् । मंगलबार राजधानीमा भएको छनोटबाट मोडलले फेसन नाइटका लागि उपयुक्त भएको प्रमाण दिएका थिए।  

लाउन्जको सँगै फेसन बारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्य फेसन नाइटको आयोजना गर्न लागेको  आयोजक इबिजा लाउन्जका प्रोपाइटर राजुु दनईले जानकारी दिए।

पार्टीवेयर, वेडिङ लगायतका विभिन्न थिममा ४ फेसन डिजाइनरले तयार गरेका विभिन्न आधुनिक पहिरन मोडलले र्याम्पमा प्रस्तुत गर्नेछन् । उनीहरूलाई कोरियोग्राफर सृजना रेग्मीले कोरियोग्राफ गर्नेछिन्। 

अभिनेत्री सृजना रेग्मी, सुपर मोडल सविता कार्की, मोडल मनचिन शाक्य, रवि धमला लगायतले अडिसन लिएका थिए । १ सय ४० बढि नयाँ तथा पुराना मोडल सहभागी अडिसन राउन्डबाट फेसन नाइटका लागि १४ महिला मोडल छानिएका थिए।

 

प्रकाशित: १ भाद्र २०७५ ०४:०७ शुक्रबार

इबिजा फेसन नाइट मोडल छनोट