कला

बलिउड नायिका र्इशा र क्रिकेटर हार्दिकबीचकाे प्रेम सम्बन्ध चर्चामा

काठमाडाैं - केहिदिन यता बलिउड नायिका ईशा गुप्ता चर्चामा रहेकी छिन्। कारण हो उनको र भारतीय क्रिकेट खेलाडी हार्दिक पंड्याबीचको प्रेम सम्बन्ध। दुवैको प्रेमले अहिले बलिउड कला क्षेत्रमा चर्चा पाइरहेको छ। भारतीय सञ्चार माध्ययमहरुमा आएका जानकारी अनुसार दुवै जना प्रेम सम्बन्धमा रहेका र चाडै विवाह गर्ने योजना समेत बनाइरहेका छन्। इशाले मिडियासँगको कुराकानीमा समेत प्रेम सम्बन्धका बारेमा खुलाएकी थिइन्। 

इशासँगको सम्बन्धमा जोडिनुअघि हार्दिक एली अवरामसँग प्रेम सम्बन्धमा रहेको समाचारहरु वाहिर आएका थिए। तर यी दुईबीच अहिले ब्रेकअप भैसकेको बताइएको छ। हार्दिकका दाईको वैवाहिक समारोहमा एलीको समेत उपस्थिती भएपछि दुवैजना प्रेममा रहेको कुरा वाहिर आएको थियो तर यी दुईले यो सम्बन्धलाई स्विकार गरेनन। एलीसँगको ब्रेकअप पश्चात ईशा र हार्दिकबीचको प्रेम सम्बन्ध वाहिर आएको छ। 

ईशालाई हार्दिकसँगको वैवाहिक सम्बन्धका बारेमा जिज्ञासा राख्दा उनले अहिलेनै त्यसबारे नसोचेको बताउदै भनिन् ‘मैले विवाहबारे अहिलेनै केहि सोचिसकेको छैन । तत्कालै गर्ने योजनामा समेत छैन । विवाह गर्ने योजना बनाए भने तपाईहरुलाई अवश्य जानकारी दिनेछु।’

 

प्रकाशित: १९ श्रावण २०७५ ०८:३९ शनिबार

बलिउड नायिका र्इशा क्रिकेटर हार्दिकबीचकाे प्रेम सम्बन्ध चर्चामा