कला

ऋतिकसँग फेरि भिड्दै कंगना

मुम्बई– ऋतिक रोशन र कंगना रनावतको सम्बन्धले गत वर्ष बलिउडमा हलचल ल्यायो। ऋतिकको त घरबार नै टुट्यो। अन्तिममा दुबैबीच विवाद चरम उत्कर्षमा पुग्यो र लफडा कानुनी प्रक्रियासम्म पुगेको थियो। त्यसयता एउटै इण्डस्ट्रीमा भएपनि दुबैबीच सम्बन्ध राम्रो छैन्। दुबै एकअर्कालाई दुश्मन मान्छन्। यस्तो अवस्थामा कंगना ऋतिकसँग बदला लिने मुडमा देखिन्छिन्। उनी आफ्नो फिल्ममार्फत ऋतिकसँग भिड्न खोज्दैछिन्।

कंगना आफ्नो आगामी फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ मा व्यस्त छिन्। उनी आफ्नो फिल्म ऋतिकको ‘सुपर ३०’ सँग भिडाउने तयारीमा छिन्। ऋतिकको फिल्मको प्रदर्शन मिति तय भइसकेको छ। उनको फिल्म आगामी वर्ष २०१९ को गणतन्त्र दिवसका अवसरमा प्रदर्शनमा आउँदैछ। यही मितिमा ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’लाई भिडाउने तयारीमा कंगना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसका अलावा कंगनाले अक्षय कुमारको फिल्म ‘गोल्ड’को प्रदर्शन हुने दिन (अगस्ट १५) आफ्नो फिल्मको ट्रेलर सार्वजनिक गर्दैछिन्।
कंगनाको ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ यही वर्ष प्रदर्शन हुनेवाला थियो, तर विभिन्न प्राविधिक कारण देखाउँदै रिलिज डेट सर्दै आएको छ। अब बक्स अफिसमा उनको भिडन्त पूर्व प्रेमी ऋतिकसँग हुने भएको छ।

प्रकाशित: ८ श्रावण २०७५ १३:१५ मंगलबार

ऋतिकसँग फेरि भिड्दै कंगना