कला

प्रशंसा र सारिका ‘लिटिल मिस हेरिटेज’

काठमाडौं– सौन्दर्य प्रतियोगिता ‘लिटिल मिस हेरिटेज नेपाल २०१८’को उपाधि प्रशंसा रायमाझी र सारिका प्रजापतीले जितेका छन् । प्रशंसाले सियिर र सारिकाले जुनियर तर्फको ताज चुमेका हुन्।

जेनिथ इन्टरटेन्मेन्टले इप्लानेटसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा सिनियर तर्फकी सुभासिनी काफ्ले फस्टरनर चुनिदा जुनियर तर्फकी अर्या पाण्डेले पब्लिक भिवर च्वाइस उपाधि हात पारिन् । सबै बिजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय सौदर्य प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।

तिनकुनेस्थित रोयल इवेंट्समा आइतबार अबेर सम्पन्न प्रतियोगितामा हिडेन ट्रेजरकी प्रतिमा कक्षेपती, फोटोग्राफर राजभाइ सुवाल, अभिनेता रेश मरहट्ठा, स्टालिस्ट सोनिया गुरुङ, फोटोग्राफर केर्विन रंजनिकर, गायक निर्णय श्रेष्ठ र मिडिया ट्रेनिंग हाउसका निक शाक्य निर्णायकमा रहेका थिए ।निशा पाठकको कोरियोग्राफी रहेको प्रतियोगिता प्रत्यक वर्ष नियमित रुपमा आयोजना गरिने आयोजक जेनिथका विक्रम सिंह मैनालीले बताए ।
 

प्रकाशित: ८ श्रावण २०७५ ०२:१५ मंगलबार

प्रशंसा सारिका लिटिल मिस हेरिटेज