कला

प्लस टुका सुन्दरी प्रतियोगिता

काठमाडौं – प्लस टुमा अध्ययनरत किशोरीकाबीच ‘मिस टिन प्लस टु’ सौन्दर्य प्रतियोगिता हुने भएको छ ।

राजधानीका विभिन्न कलेजमा प्लस टु अध्ययनरत किशोरीहरुको सौन्दर्य प्रतियोगिताको चौथो संस्करणमा कमला तामाङ, सभ्यता भण्डारी, इसु लामा, रोजिना गमाल, सारिका भौकाजी, मेरिना सुवेदी, अन्विसा रावल, लक्ष्मी सेवा, एश्वर्य थापा, शिक्षा आचार्य, करिश्मा गुरुङ, रोशनी श्रेष्ठ, दिपिका अधिकारी, चन्द्रिका रावल, स्मृति पराजुली, कुसुम क्षेत्री, निरु कुचिकार, सदिक्षा सिंह, निमी शाक्य, सुनिता शाही र अर्चना पाठक प्रतिस्पर्धी छन्।

आयोजक स्टार वनकी निर्देशक पूजा निरौलाले प्रतियोगिताका विजयीलाई उच्च शिक्षाको छात्रवृत्ति, टफेल, आइएलटिएस, भाषा प्रशिक्षण, विदेश अध्ययनका लागि विशेष छुट, निःशुल्क एयर होस्टेस तालिमको व्यवस्था गरिएको बताइन् । प्रतियोगिताको फिनाले आगामी साउन १२ गते हुनेछ । यसअघि योगिक्षा संग्रौला, अस्मिता सोती र निकी थापाले सो उपाधि जितिसकेका छन् ।
 

प्रकाशित: २ श्रावण २०७५ ०३:०१ बुधबार

प्लस टुका सुन्दरी प्रतियोगिता