कला

‘पानी कुवाको’मा फेरि सँगै देखिए कार्टुन्ज क्रु र प्रियंका (भिडियो)

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मिता दाहालको स्वर रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा स्मिताका साथै गायक सरोज ओलीले स्वर दिएका छन्। अाेलीकाे यसअघि 'माछीले खाने खाेलीकाे लेउ" बाेलकाे  गीतले चर्चा पाएकाे थियाे।

कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको ‘पानी कुवाको’ बोलको गीतको भिडियो सोमबार युट्युबमा सार्वजनिक गरिएको हो। अहिलेसम्मकै फरक प्रकृतिको भिडियोमा क्रुका सबै सदस्यहरु नेपाली पोशाकमा देखिएका छन्। 

आश्मा विश्वकर्मा गुन्यू चोलीमा सजिएकी छिन् भने सरोज लगायत क्रुका अन्य सदस्यहरु दौरा सुरवाल र स्टकोटमा देखिएका छन्। साथै भिडियोमा नायिका प्रियंका कार्कीलाई पनि देख्न सकिन्छ। भिडियोमा उनको छोटो भुमिका छ। 

दिनेश थपलियाको शब्दमा रहेको गीतमा संगीतकार बसन्त सापकोटाले संगीत भरेका छन्। कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सौरभ लामाले छायांकन गरेका छन्। उदयराज पौडेलको एरेन्जको गीतलाई उज्वल श्रेयान महतले मिक्सिङ र अर्जुन जिसीले सम्पादन गरेका छन्। 

भिडियोः

 

प्रकाशित: ३२ असार २०७५ १५:२८ सोमबार

पानी कुवाकोमा फेरि सँगै देखिए कार्टुन्ज क्रु प्रियंका भिडियो