कला

धर्मराज–सावित्री पुरस्कार सत्यमोहनलाई

काठमाडौं– जनकविकेशरी धर्मराज थापा र उनकी श्रीमती सावित्री थापाको नाममा स्थापित ‘धर्मराज–सावित्री थापा लोक साहित्य–संस्कृति पुरस्कार’ शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई प्रदान गरिने भएको छ।

जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको हालै बसेको बैठकले जोशीलाई ५० हजार रुपैयाँ नगद र ताम्रपत्रसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । प्रतिष्ठानका अध्यक्ष मदनराज थापा र प्रतिभा छनोट सदस्यको सिफारिस अनुसार पुरस्कार जोशीलाई दिन लागिएको हो ।प्रतिष्ठानले नेपाली लोकसाहित्य र संस्कृतिको  श्रीवृद्धिमा ७  दशक अघिदेखि  समर्पित भई विभिन्न  माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान गरेबापत जोशीलाई पुरस्कृत गर्ने निर्णय गरेको जनाएको छ ।
 

प्रकाशित: २८ असार २०७५ ०१:५८ बिहीबार

धर्मराज–सावित्री पुरस्कार सत्यमोहनलाई