कला

अनमोलदेखि ज्योतिमगरसम्म एउटै अवार्डको मनोनयनमा

अभिनेत्री बसुन्धरा भुषाल, चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र अभिनेत्री रेखा थापाबाट मनोनयन पत्र ग्रहण गर्दै नायिका स्वेता खड्का । तस्बिरः नागरिक

काठमाडौं– जापानको राजधानी टोकियोमा पहिलोपटक आयोजना हुन लागेको ‘सूर्य इन्टरनेसनल अवार्ड २०१८’को शीर्ष पाँच विधाको मनोनयन सार्वजनिक भएको छ।

सार्वजनिक मनोनयन अनुसार ‘उत्कृष्ट अभिनेता’ विधामा फिल्म ‘कृ’बाट अनमोल केसी, ‘लिलिबिली’बाट प्रदिप खड्का, ‘म यस्तो गीत गाउँछु’बाट पल शाह, ‘मंगलम’बाट पुष्पल खड्का र ‘घामपानी’बाट दयाहाङ राई मनोनयनमा परेका छन्।

अभिनेत्रीतर्फ ‘ए मेरो हजुर २’बाट  साम्राज्ञी राज्य लक्ष्मी शाह, ‘म यस्तो गीत गाउँछु’बाट पुजा शर्मा, ‘कान्छी’बाट श्वेता खड्का, ‘मंगलम्’बाट  शिल्पा पोखरेल र ‘पञ्चायत’बाट नीता ढुंगाना मनोनयनमा छन् ।आगामी भदौ ३१ गते हुने अवार्डमा ‘उत्कृष्ट फिल्म’ विधामा ‘छक्का पञ्जा २’, ‘ए मेरो हजुर २’, ‘शत्रु गते’, ‘म यस्तो गीत गाउँछु’ र ‘कृ’ प्रतिस्पर्धी छन्।

१२ विधाको मनोनयनमा ‘उत्कृष्ट निर्देशक’ विधामा ‘छक्का पन्जा २’बाट दीपाश्री निरौला’, ‘ए मेरो हजुर २’बाट झरना थापा, ‘शत्रु गते’बाट प्रदिप भट्टराई, ‘म यस्तो गीत गाउँछु’बाट सुदर्शन थापा र ‘लिलीबिली’बाट मिलन चाम्स छन् ।
फिल्म तथा गीत संगीत विधातर्फ प्रदान गरिने अवार्डमा पपगीतमा पुरुषतर्फ सुगम पोखरेल, कमल खत्री, अनिल सिंह, कालीप्रसाद बास्कोटा र हिमाल सागर मनोनयनमा छन् ।

त्यस्तै गायिकातर्फ इन्दिरा जोशी, अमृता लिम्बू, मिलन अमात्य, एन्जिला रेग्मी र रबिना थापा छन् ।त्यस्तै, आधुनिकतर्फ गायकमा प्रमोद खरेल, शिव परियार, रामकृष्ण ढकाल, हेमन्त शर्मा र राजेश पायल राई तथा गायिकामा अन्जु पन्त, मेलिना राई, रिता केसी, टिका प्रसाई र सिर्जना खत्री छन्।

लोकतर्फ गायकमा नविन पौडेल, रमेश राज भट्टराई, खुमन अधिकारी,  रामजी खाँड र प्रकाश कटुवाल तथा गायिकातर्फ ज्योति मगर, रमिला न्यौपाने, सम्झना मगर, मुना थापा र देवी घर्ती मगर छन् ।अवार्डका अध्यक्ष बासुदेव लामिछानेले उत्कृष्ट पाँचमध्येलाई विश्वभरीबाट अनलाइन भोटिङ गर्न सकिने व्यवस्था मिलाइएको बताए । ‘अनलाइन भोटिङको लागि कुनै शुल्क लाग्ने छैन,’ उनले भने।


 

प्रकाशित: ११ असार २०७५ ०४:३३ सोमबार

अनमोलदेखि ज्योतिमगरसम्म एउटै अवार्डको मनोनयनमा