कला

र्याम्पमा पाका हिरोको क्याटवाक

काठमाडौं– छायांकन सकेर पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को टोली हालै राजधानीमा आयोजित एक फेसन सोमा देखिए । फिल्मका निर्माता शिव श्रेष्ठ फेसन सोको प्रमुख आकर्षणका रुपमा रहँदा उनको बिरालो चालमा दर्शकले हुटिङ र तालीले साथ दिए।

‘स्टार अन दि रेड कार्पेट’ नाम दिइएको सोमा दुई दर्जन मोडलले ¥याम्प नापे । फिस्टेल मुभिजको आयोजनामा भएको कार्यक्रममा अमितेष कर्णको डिजाइनमा जोर्दोगी बुटिकको तर्फबाट तयार नेपाली संस्कृति झल्काउने, पश्चिमा भेषभूषा, पार्टी कलेक्सनसँगै विश्वकप फुटवल विशेष कलेक्सनमा मोडलहरू ¥याम्पमा देखिएका थिए।

कार्यक्रममा नरेन खड्का, नायिका रेखा फागो, विष्णु चेम्जोङ र बाल कलाकार संवेग दर्शनधारीले क्याटवाक गर्दा विश्व नेपाली, अस्मिता परियार, बिष्णु चेम्जोङ, प्रज्वल नेपाली, राहुल नेपाली, रुशी नेपालीले गीत सुनाए ।दीपेश सापकोटाको निर्देशन रहेको फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, सञ्जोग कोइराला, शक्ति श्रेष्ठ, नरेन खड्का, कविता मानन्धर, रेखा फागो, सुष्मा कार्की, बसुन्धरा भुषाल, किरण केसी, मिथिला शर्मा, ध्रुब कोईराला, बिष्णु चेम्जोङको अभिनय छ।

फिस्टेल मुभिज र ट्रि इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको फिल्ममा शिव श्रेष्ठ, दिनेश दर्शनधारी र यशोदा राई निर्माता तथा सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा, सुजन गौतम, खुम तामाङ र तारा तुलाधर सह निर्माता छन् । शिव श्रेष्ठको कथा रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन छ ।
 

प्रकाशित: ११ असार २०७५ ०४:१८ सोमबार

र्याम्पमा पाका हिरोको क्याटवाक