कला

निफसँग चीनको हातेमालो

काठमाडौं – नेपालमा गत वर्षबाट सुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव(निफ)’लाई चीनको चलचित्र महोत्सवले सघाउने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपालमा सुरु भएको महोत्सवलाई सघाउन चिनियाँ र नेपाली प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर पनि भएको छ।

चीनको सांघाईमा भईरहेको ‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा नेपालका तर्फबाट सहभागी प्रतिष्ठानका अध्यक्ष केपी पाठक र महोत्सवअन्तर्गतको बेल्ट एन्ड रोड फिल्म फेस्टिभल अलाएन्सेसबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
चीनका राष्ट्रपति सी जिनपिङले अघि सारेको ‘वान बेल्ट वान रोड’ विश्व भाइचारा सिद्धान्त अन्तर्गत रहेर फिल्मको माध्यमबाट संसारका राष्ट्रहरूबीच भाइचारा कायम गर्ने उद्देश्यले भइरहेको फेस्टिभल समूहमा नेपालसहित ३१ राष्ट्र सहभागी छन्।

प्रतिष्ठानका अध्यक्ष पाठकले सम्झौतापछि नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि आवश्यक पर्ने विज्ञदेखि लिएर अन्तर्राष्ट्रियस्तरका फिल्मसमेत चीनले उपलब्ध गराउने बताए ।अघिल्लो संस्करण पोखरामा महोत्सव गरेको प्रतिष्ठानले आगामी फेब्रअरी २१ देखि २४ सम्म काठमाडौंमा दोस्रो संस्करणको महोत्सव गर्दैछ ।

प्रकाशित: ७ असार २०७५ ०४:०५ बिहीबार

निफसँग चीनको हातेमालो