कला

आलियाको ‘राजी’ले कमायो दुई सय करोड

मुम्बई– आलिया भट्ट र विक्की कौशल स्टारर फिल्म ‘राजी’ २ सय करोड क्लबमा प्रवेश गरेको छ। 

करण जोहरको धर्मा प्रोडक्शनले निर्माण गरेको फिल्मले वर्ल्डवाइड २ सय ७ करोड कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। निर्माता करण जोहरले पनि ट्वीटरमार्फत फिल्म सफल भएको भन्दै कलाकारको प्रशंसा गरेका छन्।

निर्देशक मेघना गुल्जारका अनुसार फिल्मले इण्डियन बक्स अफिसमा १२० करोडभन्दा बढीको ब्यापार गरेको छ। 

फिल्मले १९७१ को भारत र पाकिस्तान युद्धका क्रममा भारतीय युवतीले पाकिस्तानी आर्मी अफिसरसँग विहे गरेर जासुसी गरेको कथा बोकेको छ। 

प्रकाशित: ६ असार २०७५ १०:५८ बुधबार

आलियाको राजीले कमायो दुई करोड