कला

‘रेस ३’ सय करोड क्लबमा

मुम्बई– शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड अभिनेता सलमान खानको फिल्म ‘रेस ३’ सय करोड क्लबमा प्रवेश गरेको छ। ट्रेड एनालिस्ट तरुण आदर्शका अनुसार फिल्मले ४ दिनमा १२० करोड ७१ लाख कमाई गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

फिल्मले शुक्रबार २९ करोड १७ लाख, शनिबार ३८ करोड १४ लाख, आइतबार ३९ करोड १६ लाख रुपैयाँ कमाएको छ। सोमबार भने व्यापारमा ५१.१८ प्रतिशतले गिरावट आयो। यो दिनको कमाई १४ करोड २४ लाख रुपैयाँ रह्यो। शुक्रबारदेखि सोमबारसम्म ४ दिनको कुल कमाई १२० करोड ७१ लाख पुगेको हो। 

रेमो डिसुजाले निर्देशन गरेको फिल्ममा सलमानका अलावा अनिल कपूर, बबी देओल, डेजी शाह, ज्याकलिन फर्नाडिज मुख्य भुमिकामा छन्।

प्रकाशित: ५ असार २०७५ १२:५१ मंगलबार

रेस करोड क्लबमा