कला

बलिउडमा अमिताभलाई टक्कर दिने को ?

मुम्बई– बलिउडमा महानायकको सम्मान पाएका अमिताभ बच्चन पछिल्लो ४९ वर्षदेखि फिल्मी उद्योगमा सक्रिय छन्। ७५ वर्षको उमेरमा पनि उनको उर्जा नयाँ पिढीका लागि उत्कृष्ट उदाहरण बन्ने गरेको छ।

अमिताभले शाहरुख, सलमान जस्ता कैयौ ठूला स्टारसँग काम गरिसकेका छन्। बलिउडमा उनको स्थानमा पुग्न कठिन छ। तर, भर्खरै अभिनेता सलमान खानले यस्ते खाले प्रश्नको सामना गर्नुपर्यो। अमिताभको स्थान कसले लेला भन्ने प्रश्न आएपछि सलमानले अनिल कपूरको नाम लिए। अनिल कपूरले मात्रै अमिताभको स्थान लिनसक्ने उनको जवाफ थियो। 

प्रदर्शनरत फिल्म रेस ३ का कारण चर्चामा रहेका सलमानले भने– ‘अमिताभ बच्चन जस्तो रोल गर्छन, उनी आफैमा अद्भुत छन्। उनको जस्तो काम इण्डिस्ट्रीमा बस अनिल कपूर मात्रै गर्न सक्छ। अनिल कैयौ वर्षदेखि फिल्मी उद्योगमा काम गरिरहेका छन् र यस्तो अनुशासनकै कारण पाउन सकिन्छ। उनी कामका लागि सधै एक्साइटेड हुन्छन्।’

प्रकाशित: ३ असार २०७५ ०९:०४ आइतबार

बलिउडमा अमिताभलाई टक्कर दिने को