कला

राष्ट्रकवि घिमिरे स्वदेश फिर्ता

काठमाडौै- राष्ट्रकवि माधवप्रसाद घिमिरे उपचारपश्चात भारतबाट शनिबार स्वदेश फर्किएका छन्।

भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएर छोरा इन्दीवरको साथमा नेपाल वायु सेवा निगमको जहाजबाट दिउँसो स्वदेश फर्कनु भएको उनकी छोरी उषा अधिकारीले जानकारी दिइन।

उपचारपछि आफू स्वस्थ्य भएर फर्किएका घिमिरेले बताएको उनका छोरी अधिकारीले जानकारी गराइन। मेदान्तमा उपचार गराएपछि स्वस्थ्य भएका राष्ट्रकवि घिमिरे चिकित्सकको सल्लाहमा नै घर फर्केका हुन्।

उनका अनुसार राष्ट्रकवि घिमिरे पुनः एक महिनापछि नियमित स्वास्थ्य परीक्षणका लागि चिकित्सकको सल्लाहअनुसार मेदान्त अस्पताल जानेछन्। राष्ट्रकवि घिमिरको सानो आन्द्राबाट रक्तस्राव नरोकिएपछि उपचारका लागि गत जेठ ९ गते नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो। 

उनको स्वास्थ्यमा सुधार आएपछि गत सोमबार उच्च हेरविचार इकाई (हाइकेयर युनिट ) बाट गत जेठ १४ गते क्याबिनमा सारिएको थियो। मेदान्त अस्पतालका चिकित्सक डा रणवीर सुदको टोलीले उनको उपचार गरेको थियो। रासस 

प्रकाशित: १९ जेष्ठ २०७५ १५:३९ शनिबार

राष्ट्रकवि घिमिरे स्वदेश