कला

‘रणहार’मा अन्तिम मल्ल राजाको नियती पुनर्लेखन

काठमाडौं– अन्तिम मल्ल राजाको भोगाइमार्फत काठमाडौं उपत्यकाको एउटा कालखण्डलाई चित्रण गरेर मुलुकको पुनर्लेखित इतिहाससहित ‘रणहार’ सार्वजनिक भएको छ।

पब्लिकेशन्स नेपालयको पुस्तक ‘रणहार’ले मुख्य पात्र भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्ललाई केन्द्रीत बनाएको छ। रणजीत मल्लकै पालामा पृथ्वीनारायण शाहले उपत्यकाकै उतिबेलाको सबैभन्दा शक्तिशाली र बैभवशाली राज्य भक्तपुरमा कब्जा जमाएका थिए। भक्तपुर हातमा लिएपछि नै गोर्खाली राजाको उपत्यका विजययात्रा टुंगिएको थियो। यो पुस्तक इतिहासका अध्येता योगेश राजले तयार पारेका हुन्।

उतिबेला उपत्यकाका तीनवटा राज्यमध्ये पनि सबैभन्दा महत्वपूर्ण भक्तपुरमा झण्डै आधा शताब्दी शासन गरेका रणजीत मल्लले सन् १७६९ मा पृथ्वीनारायण शाहका सैन्य र चलाखीपूर्ण कदमहरुबाट राज्य गुमाएका थिए। पुस्तक त्यही ऐतिहासिक परिघटनामा केन्द्रित रहेको छ।

लेखक योगेश राजको यस पुस्तकले नेपाली इतिहासको आजसम्म भनिँदै आएको भाष्य समेतकै विनिर्माण गरेको छ।
पब्लिकेशन्स नेपालयका अनुसार‘रणहार’को औपचारिक कार्यक्रमबिनै सार्वजनिक गरिएको छ। 

प्रकाशित: १७ जेष्ठ २०७५ १४:२६ बिहीबार

रणहारमा अन्तिम मल्ल राजाको नियती पुनर्लेखन