कला

अर्जुनले छाडे पत्नीको साथ

मुम्बई– बलिउड अभिनेता अर्जुन रामपालको पत्नी मेहर जेसियासँग सम्बन्धमा खटपट आएको बुझिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार अर्जुनले घर छोडेका छन् भने पत्नी जेसिया तथा छोरीहरु माहिका र माहिरा अलग बसिरहेका छन्। साथसाथै अर्जुन अभिनेत्री प्रिती जिन्टासँग देखिरहेका छन्।

१८ वर्षपहिले फिल्म ‘दिल है तुम्हारा’मा देखिएका अर्जुन र प्रिती आजकल सँगै डिनर स्पटमा देखिरहेका छन्। पछिल्लो समय दुबै मुम्बईको बान्द्रास्थित एक रेष्टुरेन्टको बाहिर देखिएका थिए।

समाचारअनुसार ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानसँग बढ्दो निकटताका कारण अर्जुन रामपालको वैवाहिक जीवनमा तनाव थपिएको छ। जेसिया यही कारण रामपालसँग संशकित भएपछि सम्बन्धमा खटपट आएको बताइएको छ।

पछिल्लो वर्ष एक पार्टीमा जेसिया र सुजैन खानबीच झगडा समेत भएको थियो। सुजैनसँग बढ्दो निकटताले जेसिया तनावमा थिइन्। 

अर्काेतर्फ ऋतिक र सुजैनबीचको सम्बन्ध विच्छेद हुनुको कारण पनि अर्जुनसँगको निकटतालाई मानिएको थियो।

प्रकाशित: १३ जेष्ठ २०७५ १०:३९ आइतबार

अर्जुनले छाडे पत्नीको साथ