कला

भदौमा ‘सुश्री सम्पति’

काठमाडौं – सुव्रत आचार्यको निर्देशनमा तयार भइरहेको दोस्रो फिल्म ‘सुश्री सम्पति’ भाद्र २२ मा रिलिज हुने भएको छ। निर्देशक आचार्यले वितरकसँगको छलफलपछि रिलिज डेट तय गरेको बताए। फिल्मको फस्ट लुक पनि सार्वजनिक गरिएको छ। फस्ट लुक पोस्टरमा फिल्मका तीन पात्र सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने छन्। सम्पन्न युवतीको पछि लाग्ने दुई युवतीको कथा प्रस्तुत गरेको फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारको अभिनय रहनेछ भने प्रियंका कार्की अतिथि भूमिकामा छिन्।

सुरेश अधिकारीको शब्द र संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र अर्जुन तिवारीको छायाँकन तथा रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा सुव्रतकै हो। फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार छन्। अभिमन्यु निरवी र सुव्रतको संवाद रहेको फिल्ममा अभिमन्युको पटकथा  छ। फिल्मलाई उपत्यकामा बिके फिल्मस् र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन्।

प्रकाशित: १३ जेष्ठ २०७५ ०६:४७ आइतबार

भदौमा सुश्री सम्पति