कला

सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित

काठमाडाैं-  बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित भएको छ। आयोजक संस्था ओडीसी इन्टरनेसनलले सामाजिक सञ्जाल फेसबुक मार्फत विशेष कारणबस कार्यक्रम स्थगित भएको जानकारी दिएको छ।

पहिलाेपटक काठमाडाैंकाे टुँडिखेलमा हुने भनिएकाे सलमानको ‘दबंग द टुर’ १० मार्चका लागि  तय भएको थियो । सलमानसँगै बलिउड कलाकारहरू सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएकाेमा विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल भ्रमणा स्थगित भएकाे बताएका थिए।

प्रकाशित: १२ जेष्ठ २०७५ ०५:१४ शनिबार

सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित