कला

‘मट्टी माला’ ट्रेलर

काठमाडौं – माटोभित्र पाइने बहुमूल्य धातु ‘मट्टी माला’ अर्थात सी मालाको कथा प्रस्तुत गरिएको फिल्म ‘मट्टीमाला’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा बुधबार आयोजित कार्यक्रममा पत्रकार र फिल्मकर्मीमाझ ट्रेलर सार्वजनिक गरिएको हो।
 
टेके पौरखी राईको लेखन तथा निर्देशनमा बनेको फिल्मको ट्रेलरमा एक्सन, कमेडी र रोमान्सलाई प्रस्तुत गरिएको छ। राईले गाउँमा साहूको ऋण तिर्नका लागि सहर पसेको युवाले भोग्ने कथालाई मट्टी मालासँग जोडेर प्रस्तुत गरिएको बताए।

पौरखी फिल्मस्को व्यानरमा निर्मित फिल्ममा बुद्धि तामाङ, रजनी गुरुङ, शिशिर राना, चिरन राई, पृथ्वी राई, अरुणा कार्की, अर्जुन गुरुङ, विनोद राई, संज्ञा श्रेष्ठ, टेकराज लांघाली, विक्रम लामा र दीपक आचार्यलगायतको अभिनय छ।

जेठ २५ गते रिलिज हुने फिल्ममा राहुल राईको छायांकन, अनिलकुमार महर्जनको सम्पादन, सुमन राईको संगीत, कविराज गहतराज, राजेश पुमा राई र दीपेन्द्र शाही ठकुरीको कोरियोग्राफी, जानु काम्बाङ राई, रोशन भट्टराई र सांगे ब्लोन तामाङको गीत र राजेन्द्र चौधरीको एक्सन छ।

प्रकाशित: ४ जेष्ठ २०७५ ०४:३४ शुक्रबार

मट्टी माला ट्रेलर