कला

शाहरुखले भने– म क्रिकेट छोडिदिन्छु

मुम्बई– बलिउड अभिनेता एवं कोलकाता नाइट राइडर्स (केकेआर)का मालिक शाहरुख खानले आफूले क्रिकेट छोड्ने भन्दै टिमका खेलाडीलाई व्यंग्य गरेका छन्। 

कप्तान दिनेश कार्तिकसहित केकेआरका खेलाडीले शाहरुखको डाइलग बोलेर एक्टिङ्ग गरिरहेको भिडियो सार्वजनिक भएपछि शाहरुखले विहीबार आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत ‘म क्रिकेट छोडिदिन्छु, तपाईहरु सबै मेरा लागि एक्टिङ्ग छोटिदिनुस्’ भनेका छन्। उनले आफ्ना टिमका खेलाडीलाई एक्टिङ्गको काम आफ्नो भएको र क्रिकेटमा ध्यान दिन आग्रह गरेका हुन्।

उनले आफ्नो टिमप्रति धेरै भरोसा रहेको उल्लेख गर्दै क्रिकेटमा ध्यान केन्द्रीत गर्न खेलाडीलाई सुझाव दिएका छन्। 

उसो त शाहरुखको टिम केकेआरले आइपीएलमा राम्रै प्रदर्शन गरिरहेको छ। अंक तालिकाको तेस्रो स्थानमा रहेको कोलकाता प्लेअफका लागि संघर्षरत छ। 

प्रकाशित: ३ जेष्ठ २०७५ ०९:३९ बिहीबार

शाहरुखले भने– क्रिकेट छोडिदिन्छु