कला

‘अमेरिका बोइज’ काे ट्रेलर

काठमाडौं– आगामी जेठ १८ गते रिलिज हुने फिल्म ‘अमेरिका बोइज’को ट्रेलर सार्वजनिक भएको छ । गत आइतवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा अमेरिका जान भनी घरबाट तीन लाख रुपैंयाँ मगाएर खाडी मुलुक जाने तीन युवाको कथालाई प्रस्तुत गरिएको छ । प्रवेश पौडेलको निर्देशन रहेको फिल्ममा अर्पण थापा, कामेश्वर चौरासिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, शारदा गिरी, रश्मि भट्ट, रमा थपलियालगायतको अभिनय छ।

 प्रकाश भुजेल र इन्द्रप्रसाद खरेल निर्माता रहेको फिल्ममा समिर खरेल कार्यकारी निर्माता छन् । फिल्ममा अनुप थापा, यमुना खरेल र राज केसी सह–निर्माता छन् ।  फिल्ममा सुनिल क्षेत्री र नेपाली ठिटोजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व, दीपक आरजे र जयन जे वाइबाको संगीत, निमेष श्रेष्ठको सम्पादन र आलोक शुक्लाको छायांकन छ ।
 

प्रकाशित: १ जेष्ठ २०७५ ०१:५० मंगलबार

अमेरिका बोइज काे ट्रेलर