कला

कान्समा महिला फिल्मकर्मीको विरोध

पेरिस– फ्रान्समा जारी ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी दजनौं महिला फिल्मकर्मीले फिल्म उद्योगमा भइरहेको लैंगिक विभेदविरूद्ध ‘मौन प्रदर्शन’ गरेका छन् । फेस्टिभलको रेडकार्पेटमा अभिनेत्रीहरू? केट ब्लान्चेट, क्रिस्टन स्टुवार्ट, जेन फोडा र सल्मा हायकसहित ८२ महिला फिल्मकर्मीले मौन प्रदर्शन गरेका हुन् । केट र क्रिस्टेन यो सालको महोत्सवका जुरी पनि हुन्।

फेस्टिभलमा महिला निर्देशकका फिल्मको कम मात्र प्रदर्शन भइरहेको बेला आयोजकको शैलीप्रति विरोध गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । हलिउडमा पछिल्लो समयमा दिनानुदिन महिला कलाकारमाथि भइरहेको यौन उत्पीडनका घटना बाहिरिइरहँदा उनीहरूले यो विषयलाई पनि प्रमुख मुद्दा बनाएका थिए । हलिउड निर्माता हार्वे विन्स्टनले गत वर्ष महिलामाथि यौन उत्पीडन गरेको घटना सार्वजनिक भएपछिको यो पहिलो फेस्टिभल हो । हार्वेले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।प्रदर्शनकारी महिलाले हातमा हात बाँधेर रेडकार्पेटमा हिँड्दै प्रदर्शन गरेका थिए । फ्रान्सेली फिल्मकर्मी इभा हुसनको फिल्म ‘गल्र्स अफ द सन’को प्रिमियर भइरहँदा प्रदर्शन भएको थियो ।

यो फिल्मले महिला सैनिकको कुर्दिस बटालियनको कथा प्रस्तुत गरेको छ । हुसनको फिल्म यो वर्षको ‘पामे डी अ‍ोर’ अवार्डका लागि प्रतिस्पर्धी अन्य दुई महिला फिल्मकर्मीको फिल्मसँग प्रतिस्पर्धी छ । यो अवार्डका लागि नादिन लाबाकीको ‘क्यापरेनाउम’ र एलिस रोरवासरको फिल्म ‘ह्याप्पी एज लाजारो’ पनि प्रतिस्पर्धी छन् । यी दुई फिल्मको आगामी हप्ता प्रिमियर गरिनेछ ।प्रदर्शनको नेतृत्व केटले गरेकी थिइन् । ‘हामी ८२ जना महिला निर्देशकहरूले सन् १९४६ मा भएको पहिलो कान्स फिल्म फेस्टिभलदेखि हालसम्म महिलाको प्रतिनिधित्व गरेका छौं,’ दुईपटक ओस्कार जितेकी केटले भनिन्,‘यो अवधिमा १ हजार ६ सय ८८ पु?ष निर्देशकले पनि फेस्टिभलमा भाग लिएका छन्।

यो अवधिमा ७१ पु?ष निर्देशकले प्रतिष्ठित पामे डी ओर जितिसकेका छन् । जबकि अहिलेसम्म जम्मा दुई महिला निर्देशकले यो सौभाग्य पाएका छन् ।’ प्रदर्शनमा फेस्टिभलका महिला जुरी सदस्य, महिला कलाकार, निर्देशक तथा निर्माता सहभागी थिए । उनीहरू चुपचाप रेडकार्पेटमा हिँडेका थिए । महिला र हलिउडकी अधिकारवादी तथा निर्मात्री मेलिसा सिल्भरस्टेनले महिलाको प्रदर्शन परिवर्तनको दिसामा एउटा कोशेढुंगा रहेको बताइन्।

हलिउड निर्माता हार्वेको यौन उत्पीडनको श्रृंखला बाहिरिए पछि अभिनेत्री अलायसा मिलानोले ‘मी टु’ नामक अभियानको शुभारम्भ गरेकी थिइन् । उनले ट्वीटरमा ‘यदि कोही यौन उत्पीडनको सिकार भएको छ भने मी टु लेखेर ट्वीटमा रिप्लाई गर्नु’ भन्दै ट्वीटेपछि कैयौं महिलाले आफ्नो भोगाई सार्वजनिक गरेका थिए ।कान्समा पछिल्लो वर्षमा मूलधारका फिल्ममा महिला निर्देशकको संख्या उल्लेख्य बढ्न थालेपछि लैंगिक विभेदका आवाज उठिरहेका छन् ।

 

प्रकाशित: ३१ वैशाख २०७५ ०३:२८ सोमबार

कान्समा महिला फिल्मकर्मीको विरोध