कला

दमौलीमा सुनिए हेमन्त

दमौली–गण्डकी वाङमय प्रतिष्ठानको आयोजनामा भएको एकल कविता वाचन कार्यक्रममा डोट्याली कवि हेमन्त विवशले तनहुँ सदरमुकाम दमौली बजारमा सुदूरपश्चिमको सुवास छरेका छन्।

शुक्रबार साँझ दुई घन्टासम्म चलेको कार्यक्रममा उनले २५ वटा कविता वाचन गरेर दर्शकको मन जिते। सुदूरपश्चिमेली लवजका उनका गद्य र पद्यका कवितामा भुइँ मान्छेका जीवन संघर्ष पर्गेलिएको हुन्छ।

दमौलीमा उनले चर्चित कविताहरु हली, कतारको रैबार, नइपाल लगायत सुनाएका थिए । ’विवशका कवितामा मानवीय संवेदना र आञ्चलिक स्वाद पाइन्छ’, प्रतिष्ठानका अध्यक्ष सागर उदासले कवि विवशको एकल वाचन कार्यक्रम आयोजना गराउनुको कारण खोतलेर्,  उहाँको वाचन कला पनि अद्भूत छ।’

पछिल्लो दशक सुदूरपश्चिमको सँस्कृति अध्ययनमा जुटेका विवश ०७५ सालभित्रै डेउडा पुस्तक प्रकाशन गर्ने तयारीमा छन् । यस अघि पोखरा र धनगढीमा उनको एकल कविता वाचन भैसकेको छ।

प्रकाशित: २९ वैशाख २०७५ १२:२३ शनिबार

दमौलीमा सुनिए हेमन्त