कला

जेठमा मिस्टर एण्ड मिस एसइइ आइकन

काठमाडौं –एसइई दिएर बसेका विद्यार्थीहरू ‘मिस्टर एण्ड मिस एसइइ आइकन२०१८’ का लागि प्रतिस्पर्धामा उत्रने भएका छन् । 

आयोजक संस्थाका प्रवन्ध निर्देशक लबबहादुर कार्कीका अनुसार एसईइ दिएर बसेका विद्यार्थीहरूको क्षमता, व्यक्तित्व र आत्मविश्वास तथा नैतिक क्षमता अभिबृद्विका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो । पांचौ संस्करणको प्रतियोगिता आगामी जेठ २० गते बिहीबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने कार्कीले जानकारी गराएका छन्।  

कार्कीका अनुसार ५ वर्षदेखि हुँदै आएको यस प्रतियोगिताका सम्पूर्ण सहभागीहरूले राजधानीका हिमालयन हृवाइट हाउस कलेज, गोल्डेन गेट इन्टरनेसनल कलेज, आइडल मोडल हायर सेकेन्डरी स्कुल, पेन्टागन इन्टरनेसनल कलेज, मोलिस कलेज, ओमेगा हायर सेकेन्डरी स्कुल÷कलेज, इड–मार्क एकेडेमी, जुबुलेन्ट कलेज, एभरेस्ट कलेज, ब्लु बर्ड कलेज, क्यासपियन भ्याली कलेज, क्यारिबिन कलेज, इन्टेन्सिभ इन्टरनेसनल कलेज, रिड मोडल कलेज, पूर्णचण्डी प्लस टु कलेज, टाइमलाइन कलेजलगायतमा विद्यार्थीले विज्ञान संकाय, व्यवस्थापन संकाय तथा मानविकी संकायमा छात्रवृत्ति पाउने छन्।

प्रतियोगिताका सहभागीहरूलाई प्रतिभा र व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि, रिस र समय व्यवस्थापन, बाल जनचेतना र अधिकार, स्टेज प्रस्तुति, मोडलिङको ज्ञानजस्ता विभिन्न विषयमा सम्बन्धित विज्ञद्वारा तालिम र प्रशिक्षण प्रदान गरिनेछ।

शम्भु प्रसाद रेग्मीको संयोजना र अश्विनी झाको कोरियोग्राफीमा हुने प्रतियोगितामा किशोरतर्पm सन्तोष टेरूमाली, अभिषेक बज्राचार्य, राम दुलार यादव, दिपेस खड्का, रेगीस श्रेष्ठ, सुमन सडासंकर, प्रबिन शिवाकोटी, सुदिप घिमिरे, सुर्य बहादुर तामाङ्ग, ह्रकीस श्रेष्ठ, आरभ घिमिरे, दिसान महर्जन, जेसन श्रेष्ठ,  दिलिप बस्नेत, राकेश तामारू र अनिकेस श्रेष्ठले स्पर्धा गर्दैछन्।

त्यसै गरी किशोरीतिर नीशा देउला, बिबिका थापा, अंसिना दर्नाल, रबिना भण्डारी, पलिस्था मानन्धर, सरस्वती बुढाथोकी, आश्मा पाण्डे, आशिका दाहाल, आयुषा खड्का, मल्लिका श्रेष्ठ, श्रीविसा भण्डारी, रोजिना श्रेष्ठ, आँचल भण्डारी, युना थापा मगर, दीपिका श्रेष्ठ, अर्पना नेपाल, मृदुला केसी, आकृति कुंवर, प्रियंका बरुवाल, स्यारोन गुरुरू, सरु धिमाल, रक्षा मल्ल, तिसा बज्रार्चाय, प्रकृति थापा र प्रीति राई प्रतिस्पधीर्मा रहेका छन् ।
 
 

प्रकाशित: २६ वैशाख २०७५ ०२:१५ बुधबार

जेठमा मिस्टर एण्ड मिस एसइइ आइकन