कला

नेपालीमाआयो ‘मानसखण्ड’

काठमाडौं – संस्कृत ग्रन्थ स्कन्द पुराणअन्तर्गतको ‘मानसखण्ड’ नेपालीभाषामाप्रकाशितभएको छ। उक्तग्रन्थको बुधबार मन्त्रिपरिषद्कापूर्वअध्यक्षखिलराज रेग्मीले सार्वजनिक गरेका थिए। महर्षि वेदव्यासले संस्कृतमा लेखेको यस ग्रन्थमा नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डका प्रागऐतिहासिक धार्मिक स्थलहरूको विस्तृत विवरण छ।

अद्वैत वेदान्ताचार्य रामचन्द्र शर्मा पौडेल ‘रम्घाली’ र शास्त्री, प्रधानाचार्य लक्ष्मीकान्तजोशी रेग्मीले अनुवाद गरेको ग्रन्थको सम्पादन र हिन्दीभाषामाअनुवाद ठाकुरदेवसिंह विष्ट राजकीय स्नातकोत्तर महाविद्यालय, नैनीतालको संस्कृत विभागकापूर्वअध्यक्ष तथा आचार्य गोपालदत्त पाण्डेयले गरेका छन्।

रामप्रसाद स्मृति प्रतिष्ठान, बझाङप्रकाशक रहेको भारतवर्षको कूर्माञ्चल (उत्तराखण्ड) र नेपालको सुदूरपश्चिमकाप्रागऐतिहासिक, सांस्कृतिक र धार्मिक स्थलहरू र भूगोलको युगौं पुरानो विस्तृत विवरण समेटिएको यो ग्रन्थबाट विभिन्न राष्ट्रको सीमासम्बन्धीजानकारी लिन सकिन्छ। नेपाल र भारतबीचको कालापानी सीमाविवाद समाधानगर्नकालागिपनि यो पौराणिक ग्रन्थआधार बन्न सक्छ। धर्म संस्कृति र प्राग इतिहासको अनुसन्धानका लागि यो ग्रन्थउपयोगीहुनेछ।

‘मानसखण्ड’मा हजारौं पहाड, तिनबाट निस्केकानदी, त्यहाँ रहेका तीर्थस्थलहरू पहाडका गुफा, ओढार, तपस्यागर्ने ठाउँ, समथर भूमिका बस्ती र धार्मिक स्थलहरूको विस्तृत विवरण समेटिएको छ। यसमा वैदिक पुराणका सारभूत कुराहरूअटाएका छन्। रामप्रसाद स्मृति प्रतिष्ठान, बझाङले विभिन्न सामाजिक काममा पनि हातेमालो गर्दै आएको छ। ग्रन्थको बिक्रीबाट हुने आम्दानीबाट बझाङ जिल्लामा पुस्तकालयनिर्माणमा खर्चने योजना रहेको छ।

प्रकाशित: २० वैशाख २०७५ ०५:४५ बिहीबार

नेपालीमाआयो मानसखण्ड